प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले २ युवालाई ठुलो मात्रामा प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ७ का ३० वर्षीय सन्तोष लिम्बु र धरान ८ का २८ वर्षीय सविन तामाङ प्रतिबन्धित औषधीसहित पक्राउ परेका हुन् ।
इनरुवा ३ स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने सखुवागाछीबाट प्रदेश नं १–०२–०४५ प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित औषधी ९ हजार २५० ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्