तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले जनताको युगको सुरुवात गर्‍यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभााबाट संजिधान जारी हुनुले एउटा युगको अन्त्य र जनताको युगको सुरुवात भएको बताउनुभएको छ ।

नेकपा एमालेले संविधान दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले संविधान बनेपछि सामन्ती युगको अन्त्य भएको उल्लेख गर्दै सामाजिक न्यायतर्फ देश अगाडि बढेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाल एउटा सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै संविधान जारी गर्न नदिनका लागि दिएको दवावलाई पनि संविधान निर्माण गर्दा पराजित गरेको स्मरण गर्नुभयो ।

राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने दिनको अन्त्य यो संविधानले गरेको र अब नेपालमा हिंसाको कुनै ठाउँ नरहेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button