तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा एक लाख ३५ हजारले बनाए राष्ट्रिय परिचयपत्र

पाल्पा । पाल्पामा १ लाख ३५ हजार ३ सय ६३ जनाले राष्ट्रिय परिचयपत्र विवरणमा दर्ता गराएका  छन् । पाल्पाको रिब्दीकोट गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्र अभियानको सुरु भएको हो । सो अभियान पूर्वी पाल्पाको रामपुर नगरपालिकामा २०७८ भदौ १७ गते परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी दिनुभयो ।

स्थानीय तहमा अभियान सम्पन्न भइसकेकोले अभियानमा छुटेकालाई जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने प्रशासनले जनाएको छ । जसका लागी सेवाग्राहीले सक्कल नागरिकता र अन्य आवश्यक कागज सहित व्यवस्था रहेको छ ।

पाल्पाको रामपुर नगरपालिकामा २० हजार ७ सय ५८, निस्दीमा गाउँपालिकामा ९ हजार ७ सय ७९, बगनासकाली गाउँपालिकामा ११ हजार ७ सय ४ जना, तानसेन नगरपालिकामा २० हजार ९४ जना, तिनाउ गाउँपालिकामा ११ हजार ४ सय ९५, रैनादेवी छहरा गाउँपालिकामा १३ हजार १, रिब्दीकोट गाउँपालिकामा ९ हजार ३ सय २८ जना परिचयपत्रमा सहभागी भएका छन् ।

त्यसै गरी पूर्व खोला गाउँपालिकामा ८ हजार ५ सय ४०, माथागढी गाउँपालिकामा १४ हजार ३४ जना, रम्भा गाउँपालिका ६ हजार २ सय ११ जना र जिल्ला प्रशासन कार्यालय पाल्पाबाट साउन महिनासम्म ६ हजार २ सय ११ जनाले परिचयपत्र विवरण दर्ता अभियानमा सहभागी भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button