एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ ।
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बस्न लागेको हो ।
स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेले यही असोज १५–१७ विधान महाधिवेशनआयोजना गर्दैछ ।
त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।








प्रतिक्रिया राख्नुहोस्