तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न कार्यक्रमसहित धनुषामा तीन दिनसम्म संविधान दिवस मनाइने

जनकपुरधाम ।  धनुषामा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रमहरूको आयोजना संविधान दिवस मनाइने भएको छ । 

तीन दिवसीय कार्यक्रम अन्तर्गत धनुषाका सबै कार्यालयहरूमा आज विशेष सरसफाइ तथा बेलुका दीपावली गर्ने कार्यक्रम रहेको छ । 

कोरोना महामारीको अवस्था रहेकाले भिडभाड नगरेर आ–आफ्नो कार्यालय परिसर तथा वरिपरिको सफाइ गर्ने कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषासहित वरिपरिका क्षेत्रमा विशेष सरसफाइ गर्ने कार्य सम्पन्न भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिनुभयो । 

कार्यालय परिसरको सरसफाईमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णसहित कार्यालयका अन्य कर्मचारी, सुरक्षाकर्मी तथा अन्य कार्यालयका कर्मचारीहरू सहभागी रहनुभएको थियो । 

यसैगरी,  धनुषाका अन्य सरकारी कार्यालयहरूमा पनि आज सरसफाइ गर्ने काम सम्पन्न भएको छ । 

तीन दिवसीय कार्यक्रम अन्तर्गत भोलि आइतबार असोज ३ गते प्रदेश सरकार, सङ्घीय सरकार विभिन्न कार्यालयका कर्मचारीहरू, तथा स्थानीय सरकारका पदाधिकारी एवं कर्मचारीहरू, सुरक्षा निकायहरूको सहभागितामा जानकी मन्दिरको बृहत् सरसफाइ गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, मन्दिर परिसरसहित वरिपरिको क्षेत्रलाई सरसफाइ गर्ने कार्यक्रम रहेको छ । साँझ पुनः दीपावली गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो असोज ४ गते कार्यालयहरूमा दीपावली गर्ने कार्यक्रम रहेको बताइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button