काठमाडाैं जाँदै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।
बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिनुभयो । दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।
तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्