तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिनाद्धारा राउटे समुदायमा सामाग्री हस्तान्तरण

सल्यान । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताइरहेका राउटे समुदायलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका – १ घाट गाउँमा बस्दै आएका राउटेलाई तिमिल्सिनाले बस्तीमै पुगेर सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

लन्डनमा बस्दै आउनुभएका पर्वतका रविन्द्रजङ्ग लामिछानेको आर्थिक सहयोगमा शुक्रवार सामाग्री हस्तान्तरण गरिएको हो । राउटे बस्तीमा ५० पाकेट आटा, त्रिपाल ७५ थान, म्याट्रीस ७५ थान, पि.फम ७५ थान, चप्पल १२५ जोडा, साबुन लुगा धुने ५ कार्टुन, साबुन नुहाउने १२ दर्जन गरेर ४ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरियो ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले राउटे समुदायको लागि राज्यका नीति निर्माण तहमा लागिपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button