तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरालाई लाई नियुक्त गर्नुभएको छ । 

मुख्यमन्त्री भट्टले प्रदेश सभा सदस्य तामाङलाई आर्थिक मामिला तथा योजना र बोहरालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

उहाँहरू दुवै जना नवगठित नेकपा एकिकृत समाजवादीका प्रदेश सभा सदस्य हुनुहुन्छ । तामाङ कञ्चनपुरबाट निर्वाचित र बोहरा बझाङबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुनुहुन्छ ।

योसँगै प्रदेश सरकारमा नेकपा एसबाट ४ जना मन्त्री र ३ राज्यमन्त्री पुग्नुभएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेकपा एसका १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका १० (सभामुख बाहेक) तथा जसपा र लोसपाका एक–एक जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button