तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादी, तनहुँको कार्यालय उद्घाटन

तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत समाजवादी, तनहुँले पार्टी कार्यालय उद्घाटन गरेको छ । बिहीबार जिल्लाको व्यास–४ दमौलीमा एक कार्यक्रम बिच पार्टी कार्यालयको उद्घाटन गरिएको हो । 

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठले संविधान र गणतन्त्रको रक्षा गर्न बाध्यताले नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य एवं पार्टीकी केन्द्रिय सदस्य कलिला खानले समाजवादका लागी एकीकृत समाजवादीमा आउन नेता, कार्यकर्तालाई आव्हान गर्नुभयो । 
                                                                  “यात्रा समृद्धिको, लक्ष्य समाजवादको” भन्ने नाराका साथ पार्टी कार्यालय उद्घाटन गरिएको नेकपा एकीकृत समाजवादी तनहुँका सचिव श्रीराम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button