तपाईँ सुन्दै हुनुहुन्छः

संसद् खुलाउन सत्तापक्षले भूमिका खेल्नुपर्ने : एमाले उपाध्यक्ष रावल

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाउनु भएको छ । वर्तमान सरकार तथा सत्ता साझेदारहरू संसद्को अवरोध समाधान गर्ने तर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको भन्दै नेता रावलले उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल नगरेको बताउनु भएको हो ।

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलन कार्यक्रममा एमाले नेता रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिको सार्वभौम थलो संसद् भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button