तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा जबरजस्तीकरणीको घटनाहरू बढ्दै

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा पछिल्लो तीन आर्थिक वर्षमा जबरजस्तीकरणीको घटनाहरू  बढ्दै गएको छ । 

गत आव२०७५/०७६ मा जबरजस्तीकरणी सम्बन्धी ५४ वटा मुद्धाहरु दर्ता भएका छन् । जसमध्ये ३० वटाको फैसला भएको छ भने २४ वटा फैसला हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै आव.२०७६/०७७ मा जबरजस्तीकरणी सम्बन्धी ८५ वटा मुद्धाहरु दर्ता भएका छन् । जसमध्ये २९ वटाको फैसला भएको छ भने ५६ वटा फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आव २०७७/०७८०७६ मा जबरजस्तीरणी सम्बन्धी ९८ वटा मुद्धाहरु दर्ता भएका छन् जसमध्ये ३६ वटाको फैसला भएको छ भने ६२ वटा फैसला हुन बाँकी रहेका छन् । 

जिल्लामा भदौ महिनामा मात्र ५ वटा जबरजस्तीकरणीका घटनाहरू दर्ता भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button