तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा कास्कीको अध्यक्षमा नारायण गुरुङ निर्वाचित

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित हुनुभएको छ । 

पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

राप्रपा कास्कीको जिल्ला सदस्यहरूमा इन्द्रकुमारी शाही, मनिष केसी, प्रताप सुबेदी, बसन्तराज अधिकारी, शोभा गुरुङ, प्रकाश सापकोटा, जागेर हुसेन मियाँ, सन्दीप धमला, लक्ष्मीकान्त पौडेल, विष्णुप्रसाद अधिकारी, डण्डीराज आचार्य, सुर्य पुन, श्रवणराज पन्त, गङ्गा थापा क्षेत्री, ईश्वरी चापागाईँ, ओम बहादुर कार्की, विष्णु कार्की, प्रेम मल्ल, युद्धबहादुर कोइराला, पुर्णेश्वर सुनार, नेत्रपाणी देवकोटा, मोतिमान शाक्य, कृष्णकुमारी सुबेदी, लक्ष्मी अधिकारी, गणेश बहादुर ढकाल, सिता जिसी र जगत सुबेदी रहनु भएको छ । 

निर्वाचित भए पश्चात् अध्यक्ष गुरुङले कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जग बलियो बनाउनमा आफ्नो ध्यान केन्द्रित हुने प्रतिक्रिया दिनुभयो  । 

“विशेष परिस्थितिमा म पार्टीको नेतृत्वमा आएको छु । पार्टीको पुरानो साख जोगाउन र युवाहरूलाई पार्टीमा आकर्षित गर्नमा मेरो विशेष ध्यान हुनेछ ।” अध्यक्ष गुरुङले भन्नुभयो –“नजिकिएको चुनाव केन्द्रित रहेर जनस्तरमा पार्टीको जग बलियो बनाउन मैले मेरो टिमलाई खटाउनेछु ।”

हाल अध्यक्ष मात्रै चयन गरी कार्यसमिति विस्तार गरिए पनि चाँडै नै अध्यक्षले सदस्यहरु मध्येबाटै पदाधिकारी चयन गरी जिम्मेवारी दिने कार्य योजना रहेको राप्रपा कास्कीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button