तपाईँ सुन्दै हुनुहुन्छः

माधव नेपाल एमालेमा फर्कनुको विकल्प छैन : सचिव भट्टराई

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालसहित नेता तथा कार्यकर्ता एमालेमा फर्कनुको विकल्प नरहेको बताउनुभएको छ ।

प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै सचिव भट्टराईले नेकपा एमालेको नेतृत्वमा चुनाव हुन आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले पार्टी विभाजनबाट भएको क्षतिलाई न्यूनीकरण गर्ने विभिन्न योजनासहित माओवादीका धेरै स्थानीय कार्यकर्ताहरू एमालेमा आउने सङ्केत गर्नुभएको छ ।

सचिव भट्टराईले पार्टी विभाजन दुःखद भए पनि तलसम्म विभाजनको असर भने नपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button