दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बर्दिबास । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स४प ७९२६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा स४प ७९२६ नम्बरको मोटरसाइकल चालक सिराहा जिल्लाको विष्णुपुर गाउँपालिकास्थित नरहाका करिब ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक सुवेदीले दिनुभएको जानकारी अनुसार लु७२प४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् ।
घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्