तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

तनहुँ । तनहुँको व्यास–१ मुसेखोला स्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना भएको छ । 

दुर्घटना परी ट्रक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राती डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको  ना ७ ख ९२३७ नम्बरको ट्रक सडक देखी १० मिटर तल बुलदी खोलामा पल्टिदा  घटनास्थलमा नै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

राती करिब १२ बजे भएको घटनामा तत्काल उद्धार प्रयास भए पनि खोलामा नै ट्रक खस्दा कठिनाइ भएको थियो । 

तीन घण्टामा बल्ल मृतकको शव निकालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मृत्यु हुनेमा पोखरा–१९ बस्ने २८ वर्षीय अर्जुन गौतम रहेको प्रहरीले जनाएको छ । मृतकको शव दमौली अस्पतालको शव गृहमा राखिएको छ । 

दुर्घटना ट्रकमा सवार नवलपरासी कावासोती निवासी १४ वर्षका राजकुमार विक घाइते छन् । 

रत्नहरी अस्पतालमा उपचाररत उनको दुवै खुट्टा र बायाँ  हातको कुइनोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button