तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटना सुनसरीमा चार जनाको मृत्यु, ५ जना घाइते

सुनसरी । प्रदेश १ को विभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो पौने ११ बजे मोरङ बुढीगंगा गाउँपालिका–३ कोसी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफैँ अनियन्त्रित भई रोडको साइडमा रहेको बिजुलीको पोलमा ठोकिँदा कार चालक मोरङ बेलबारी १ का ३८ वर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु,  ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाइते भएका छन् । 

घाइते मध्ये बिहीबार दिउसो साढे १२ बजे चन्द्रकला राईको बिराट मेडिकल कलेज गङ्गा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाइतेको सोही अस्पतालमानै उपचार भइरहेको छ । 

यसैगरी, बिहीबार बेलुका साढे ८ बजे झापा मेचीनगर नगरपालिका १२ कालीझोडास्थित पूर्व–पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको मे१त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मेचीनगर १३ का ३० वर्षीय युवराज लिम्बुको उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउनसाथ मृत्यु भएको थियो भने घाइते मोटरसाइकल चालक झापा कनकाई नगरपालिका–६ दुर्गापुरका ४३ वर्षीय दिलकुमार कार्कीको सोही अस्पतालमा नै उपचार भइरहेको छ ।

ट्याक्टर, ट्याक्टर चालक झापा मेचीनगर–२ का २६ वर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ । 

यसैगरी, बिहीबार राती साढे १० बजे झापाकै बुद्धशान्ति गाउँपालिका–३ सातनम्बर चौकस्थित मेची राजमार्गमा मे१०प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको  प्र.१–०१–००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर नगरपालिका–१३ का ३२ वर्षीय पर्शुराम लिम्बुको बी एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउनसाथ मृत्यु भएको थियो भने सोही स्कुटरको पछाडि सवार मेचीनगर नगरपालिका–१३ की ३० बर्षीया मनीषा लिम्बु समेत घाइते भई सोही अस्पतालमा नै उपचार भइरहेको छ । 

पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् । 

यसैगरी,  बिहीबार राती १२ बजे मोरङ विराटनगर महानगरपालिका–१२  कोसी प्रोजेक्टस्थित भित्री सडक खण्डमा को२१प ५६१२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक  विराटनगर महानगरपालिका १ का ४२ वर्षीय रञ्जित कुमार शर्माको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ः०० बजे मृत्यु भएको छ 

दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरूले थप अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button