तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा एक वर्षमा बालबालिकाहरू विभिन्न अपराधहरूमा संलग्न

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा पछिल्लो चालु आर्थिक वर्ष ०७७/०७८ मा बालबालिकाहरू विभिन्न प्रकारका कानूनी अपराधहरूमा संलग्न हुँदै आएको पाइएको छ । 

जिल्लामा  एक वर्षमा २० जना बालबालिका जबरजस्ती करणीमा संलग्न भएका छन् । भने १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बालबालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।

झुण्डिएर ९ जनाले आत्महत्या गरेका छन् भने ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालिका १० जना र बालक २ जना छन् । कर्तव्य ज्यान मुद्दामा बालक ३ र बालिका १ जना छन् त्यस्तै करेन्ट लागेर १ बालकको मृत्यु भएको छ । भिर बाट लडेर बालक २ र बालिका १ को मृत्यु भएको छ भने खोलामा डुबी २ जना बालकले ज्यान गुमाएका छन् ।

एक वर्षको अवधिमा ३ जनाले बालविवाह गरेका छन् । पछिल्लो समय बालबालिकामाथि हुने अपराधका घटना बढ्दै गएपछि न्यूनीकरणबारे जिल्ला प्रहरी कार्यालय काभ्रे गम्भीर रुपमा लागि परेको खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button