तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १४ सयले घटेर प्रतितोला ८९ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोला ९० हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेर प्रतितोला ११७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button