तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिद्वारा रथी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी बालकृष्ण कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले आज जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  

रथी दर्जामा पदोन्नति हुनुभएका रथी बालकृष्ण कार्की बलाध्यक्षमा नियुक्ति समेत हुनु भएको छ । साथै उहाँलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button