तपाईँ सुन्दै हुनुहुन्छः

कृषि मन्त्री यादवद्वारा कृषि फार्मको अवलोकन

बारा  । प्रदेश नं.२ का भूमि, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले बाराको रमौँलीस्थित ५५ बिघामा फैलिएको कृषि फार्मको अवलोकन गर्नुभएको छ । 

अर्बौँको लगानीमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ र २० मा बनाइएको  बौधिमाई मार्डन एगो फरेष्ट्रीको अवलोकन गर्नुभएको हो । 

अवलोकन तथा निरीक्षणपछि मन्त्री यादवले एगो फरेष्ट्रीलाई सक्दो आवश्यक सहयोग गर्ने बताउनुभयो । 

बौधीमाई मार्डन एग्रो फरेष्ट्रीमा भैँसी पालन, माछा पालन, हाँस पालन र बाख्रा पालन पाल्ने गर्ने गरिएको छ । 

फरेष्ट्रीले भैँसी पालन अन्तर्गत दुई सय भैँसी र एक सय पाडा पालन गर्दै आएको छ । 

जसअन्तर्गत करिब ३ सय लिटर दूध दैनिक उत्पादन हुँदै आएको फरेष्ट्रीका निरीक्षक मनोज सहनीले जानकारी दिनुभयो ।

भैँसी र पाडाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै दुई जना भेटेनरी डाक्टरहरू फरेष्ट्रीले राखेको र गाईबस्तुको स्वास्थ्यलाई मध्यनजर गर्दै आउन सक्ने आर्थिक जोखिमलाई ध्यान दिँदै सम्पूर्णलाई  पशु बिमा गरिएको बौधिमाई मार्डन एगो फरेष्ट्री प्रा.लिका सञ्चालक राजमहम्मद रायले जानकारी दिनुभयो । 

दैनिक उत्पादन भएको दुुधसँग घिउ, पनिर र खुवा निर्माण गरी फरेष्ट्रीले बजारमा बिक्री गर्ने गर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button