तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा असोज १२ गतेसम्म निषेधाज्ञा थपियो

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा आगामी असोज १२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्त बरालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधि लम्ब्याउने निर्णय गरेको हो ।

अब विद्यालय र कलेज स्वास्थ्य मापदण्ड पालना गर्ने खोल्न प्रशासनले अनुमति दिएको छ । 

यसैगरी पार्टी प्यालेस आधा क्षमतामा चलाउन पनि प्रशासनले अनुमति दिएको छ । कोरोनाको जोखिम कम नभएको भन्दै पुरानै शैलीको निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

यस्तै पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी कूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी बेलुका ६ बजे भित्र मात्र सञ्चालन गर्न पाउने निर्णय भएको बरालले जानकारी दिनुभयो ।

रेष्टुरेण्टहरु बेलुका ९ बजेसम्म र अन्य सञ्चालन गर्न अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनले जनाएको छ ।

सो आदेश कडाइका साथ पालना गर्न÷गराउनु सबै व्यक्ति, सङ्घ संस्था, पेसाकर्मी, व्यवसायी तथा आम नागरिकलाई तनहुँ प्रशासनले अनुरोध गरेको छ । 

यदि कोही कसैबाट यो आदेशको उल्लङ्घन भएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८, सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रशासनले भौतिक रुपमा उपस्थित भई गरिने सबै प्रकारका सभा, सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव सञ्चालन नगर्ने÷नगराउन तर कानुन बमोजिम गर्ने पर्ने साधारण सभा/सम्मेलन/अधिवेशनको हकमा नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्ड पालना गर्ने÷गराउन जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराई सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

शैक्षिक संस्थाहरूमा (विद्यालय÷कलेज ) भौतिक उपस्थितिमा पठन÷पाठन गराउन सकिने तनहुँ प्रशासनले जनाएको छ ।

सवारी साधनहरूले सिट क्षमता भित्र रही अनिवार्य रुपमा सबै यात्रीले मास्क लगाउने चालक, सहचालकले मास्क फेसशिल्ड, पञ्जा लगाउने, गाडीको ढोकामा स्यानिटाइजर राख्ने र प्रयोग गर्ने लगायत स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई सञ्चालन गराउने प्रशासनले निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button