तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

काठमाडौँ । चीनबाट खरिद गरिएको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ ।


सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन साँझ पौने ६ बजे विमान चीन जान लागेको हो । खोप लिएर विमान भोलि नेपाल आइपुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button