तपाईँ सुन्दै हुनुहुन्छः

जिसस सदस्यको निधनमा सार्वजनिक बिदा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

नगरपालिकाको वडा नं ५ बाट वडा सदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बन्नुभएका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मनाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलवार राति निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आउनुभएको थियो । पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button