डाँडा गाउँको यातायात पुनः सञ्चालन

रसुवा। वर्षाका कारण अवरुद्ध डाँडा गाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुवाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् ।
डाँडा गाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५/३० जना स्थानीयवासी लाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडा सचिव आशाकाजी गुरुङले बताउनुभयो । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो एक्स्काभेटर सहायताले हटाएको बताइएको छ ।
दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् । बस सेवा पुनः सञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्