तपाईँ सुन्दै हुनुहुन्छः

हतारमा विद्यालय नखोल्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रवक्ता डा पौडेलले कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेकाले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्न समेत निर्देशन दिएको जानकारी दिनुभयो ।     

 
यस्तै विद्यालय खोल्नुअघि शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग सम्बन्धित आवश्यक अभिमुखीकरण गरी ती ठाउँमा परीक्षण र उपचारको समुचित व्यवस्था मिलाउनु समेत निर्देशन दिएको छ । 


छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button