भारतीय प्रतिबन्धित ५ सय दरका १ लाख ४८ हजार नोटसहित एक जना पक्राउ

बीरगंज । भारतीय प्रतिबन्धित ५ सय दरका १ लाख ४८ हजार ५ सय नोटसहित पर्सा प्रहरीले बीरगंजबाट एक जनालाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय अजय कुमार शर्मा रहेका छन् ।
भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोकबाट नियमित चेकजाँचका क्रममा एक लाख ४८ हजार ५०० भारतीय नोटसहित शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा आएका शर्मालाई चेकजाँच गर्दा उनको झोलामा ५ सय दरका २९६ वटा र एक सय दरका पाँच वटा प्रतिबन्धित भारतीय नोट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शर्मालाई बरामद रकम सहित आज थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्