महिलाको कार्य बोझ घटाउन स्मार्ट कृषि सामाग्री वितरण

जुम्ला । ग्रामीण महिलाको कार्य बोझ न्यूनीकरण, उत्पादन वृद्धि, समयको सदुपयोग र छिटो छरितो कामका लागि किर्डाक नेपालले जुम्लाका ५ स्थानीय तहका किसानलाई स्मार्ट कृषि सामाग्री वितरण गरेको छ ।
जुम्लाका चन्दननाथ नगरपालिका सहित तातोपानी,तिला, गुठिचौर पातारासी गाउँपालिका गरी पाँच स्थानीय तहका करिब १४ समूहलाई मिनिटिलर (हाते ट्याक्टर) र धान, जौ, गहुँ चुट्ने थ्रेसर मेसिन दिइएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम अधिकृत भेष बहादुर रावलले बताउनुभयो ।
उनका अनुसार स्मार्ट कृषि सामाग्रीले ग्रामीण महिलाको कार्य बोझ घट्ने, सहज रुपमा खेतीपाती गर्न सकिने र समयको सदुपयोग सँगै उत्पादन वृद्धि हुने आशा गरिएको छ ।
हाते ट्याक्टर बुझ्दै तातोपानी २ कि महिला किसान सीता चनाराले हाते ट्याक्टर र थ्रेसर मेसिन पाउँदा खुसी लागेको बताउनुभयो ।
पछिल्लो पुस्तालाई कृषिमा आकर्षित गर्नका लागि पनि यान्त्रीकरण अत्यावश्यक रहेको जुम्लामा वरिष्ठ किसान रामकृष्ण बुढ्थापाको भनाइ छ ।
किर्डाकले महिलाको कार्य बोझ घटाउने लक्ष्यले स्मार्ट कृषि सामाग्री दिए पनि त्यसको लाभ सबै किसान लिन सक्ने र खेतीपातीमा सहज हुने वरिष्ठ किसान बुढ्थापाको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्