तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारद्वारा ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ४८ लाख मूल्य बराबरको सडक डिभाइडर सहितका सामान प्रहरीलाई प्रदान गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले मन्त्रालयमा आयोजित कार्यक्रमबिच प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारलाई ठूलो डिभाइडर २ सय ३५ थान, सानो डिभाइडर २ सय ४ थान र ब्यारियर टेप (डोरी) ३९ थान हस्तान्तरण गर्नुभयो ।

प्रदेश नंं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रञ्जितकारले प्रदान गरिएका डिभाइडर जनकपुर क्षेत्रकै सडक व्यवस्थापनमा प्रयोग हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button