लैङ्गिक हिंसा तथा कानुनी सचेतना सम्बन्धी ३ दिने तालिम सुरु

डडेलधुरा । डडेलधुराका महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि सम्बन्धी अगुवा महिलाहरूका लागि लैङ्गिक हिंसा तथा कानुनी सचेतना सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।
समग्रमा महिला नै लैङ्गिक विभेदको मारमा परिरहेका र विभिन्न प्रकारका हिंसा, यातनाबाट पीडित हुने, अवसरबाट वञ्चित हुने, बलात्कार तथा यौन दुर्व्यवहारको सिकार हुने गरेकाले सो सम्बन्धी सचेतनाका लागि महिला मुक्ति समाज डडेलधुराले कार्यक्रमको आयोजनामा गरेको हो ।
महिलाको प्रतिनिधित्व बढाउने बारेमा सचेतना जगाउने नवनिर्वाचित महिलाहरूलाई सशक्त र अगुवा महिलाहरूलाई हिंसा न्यूनीकरणका बारेमा जानकार बनाई हिंसा रहित समाज निर्माण गर्ने उद्देश्यले भदौ २९ गते सम्म कार्यक्रमको आयोजना गरिएको महिला मुक्ति समाज डडेलधुराका अध्यक्ष आरती जोशीले बताइन ।
स्थानीय तहमा न्यायिक समितिले गरेका असल अभ्यास, न्याय प्रदान गर्दाका जटिलता र चुनौती, अझै सुधार गर्नुपर्ने पक्ष तथा कानुन के हो ? समाजमा कानुन किन आवश्यक छ ? मौलिक हक तथा महिलाका पक्षमा बनेका कानुनहरू लगायतका बारेमा कार्यक्रममा छलफल गरिँदै छ ।








प्रतिक्रिया राख्नुहोस्