लामो समय देखि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक आज बस्दै

पोखरा । लामो समय देखि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक आज बस्दै छ । बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच गत असार ३० गते मार्सल लगाएर बजेट पारित गरेपछि अनिश्चित बनेको प्रदेश सभा आज बस्न लागेको हो ।
क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्त्वपूर्ण योजनालाई प्राथमिकतामा नदिएको सरकारले कनिका छरे झैँ बजेट ल्याएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको थियो । एमालेले आफूले राखेको माग सम्बोधन नभए सम्म बैठक चल्न नदिने अडान लिँदै आएको थियो ।
काटिएको योजनाको स्रोत सुनिश्चित गरेर अगाडि बढाउने, अघिल्लो सरकारका प्राथमिक र दीर्घकालीन योजनालाई निरन्तरता दिने लगायतका दुई दलबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्