तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा तीन वर्षमा १३८ बालबालिका हराए

तनहुँ । आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म जिल्लामा १३८ बालबालिका हराएका छन् । तीमध्ये १०५ जना बालिका र ३३ जना बालक छन् ।

जिल्ला प्रहरी कार्यालयको अनुसार तीन वर्षका अवधिमा हराएका बालबालिकामध्ये ३३ जना बालक र १०५ बालिका गरी १३८ जना नै भेटिएको छ  ।  

हराएका मध्ये प्राय सबै बालबालिका भेटिएको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना बताउनुहुन्छ । 

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button