तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा गुडिरहेको बसमा ढुङ्गा खस्दा एकको मृत्यु, तीन घाइते

बैतडी । बैतडीमा गुडिरहेको बसमा सडक माथिबाट ढुङ्गा खस्दा एकजना यात्रुको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर बसमा सवार बझाङको थलारा गाउँपालिका वडा नं ५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.२००१ ख ११५६ नम्बरको बसमा आज बिहान साढे दुई बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडक खण्डको झौलेकमा सडकमाथिबाट ढुङ्गा खसेको हो ।

ढुङ्गा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताउनुभयो । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसमा सडकमाथिबाट खसेको ठूलो ढुङ्गा बसभित्र पसेको बताइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button