तपाईँ सुन्दै हुनुहुन्छः

नगराइनमा २ सय ७० दलित घर निर्माणको थालनी

जनकपुरधाम । प्रदेश २ सरकारको जनता आवास कार्यक्रम अन्तर्गत धनुषाको नगराइन नगरपालिका वडा नंं २ मा ७० दलित परिवारको घर निर्माणको काम सुरु भएको छ ।


प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले निर्माण हुने दलित घरको आज शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्री यादवले भवन निर्माणले दलितहरूलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


एक वटा घरको निर्माण गर्दा ३ लाख ३६ हजार रुपैयाँ खर्च हुने प्रदेश नंं २ सरकारले जनाएको छ । 


प्रदेश सरकारले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हलखोर गरी चार जातका घर निर्माण प्रक्रिया अगाडि विगत तीन आर्थिक वर्षदेखि गर्दै आएको छ ।


दलित घरमा २ वटा अर्धपक्की कोठा, बरन्डा र शौचालय हुने छन् । भवन पक्की भए पनि माथि जस्ता पाता रहनुका साथै फलामको पाइप प्रयोग गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button