तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखको आव्हानमा सर्वदलीय बैठक शुरु

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आव्हान गर्नु भएको सर्वदलीय बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा शुरु भएको छ ।  

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलगायत सहभागी हुनु भएको छ ।

नेकपा एमालेबाट कोही पनि बैठकमा उपस्थिति हुनु भएको छैन । एमालेले सर्वदलीय बैठकमा सहभागी नहुने बताएको छ ।

संसद् बैठक शुरु भए लगत्तै नेकपा एमालेले आफूले कारबाही गरेको सांसदलाई नहटाएको भनी संसद् अवरुद्ध गर्दै आइरहेको छ । संसद् सहज रुपमा सञ्चालन हुन नसकेपछि सभामुखले हिजो सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button