सेती प्रादेशिक अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
आज कञ्चनपुरका ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै अस्पतालमा उपचारका क्रममा मृत्यु हुने (संक्रमित)को सङ्ख्या १ सय ९२ पुगेको छ ।
हाल अस्पतालमा १५ जना सङ्क्रमितको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्