तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलका नेतामा महतो चयन

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नंं २ को संसदीय दलका नेतामा धनुषाका शत्रुधन महतो चयन हुनु भएको छ ।

पार्टीका प्रदेश नंं २ का प्रदेश सभा सदस्यहरूको आज बसेको बैठकबाट दलका नेतामा महतोलाई सर्वसम्मतिले चयन गरेको पार्टीका प्रदेश सभाका सदस्य मञ्जु यादवले जानकारी दिनु भएको छ ।

यस अघि नेकपा एमालेका पनि संसदीय दलका नेतामा महतो नै निर्वाचित हुनु भएको थियो । नेकपा एमालेबाट अलग भएको बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा १३ जना प्रदेश सभाका सदस्य रहनु भएको थियो ।

नेकपा एमालेमा रहेका २१ जना प्रदेश सभाका सदस्यहरु मध्ये १३ माधव कुमार नेपालको नेतृत्वमा नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका थिए । संसदीय दलका नेता चयन भए पनि प्रमुख सचेतक छान्न बाँकी नै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button