तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले टोक्दा बालकको मृत्यु

अछाम । अछाम जिल्लामा विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माका ११ वर्षीय बालक गणेश बुढाको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

सोमवार बिहान करिब ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताउनुभएको छ । मृतक बुढालाई उपचारका लागि अस्पताल  लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button