ढोरढोरबाराही मन्दिर आजदेखि भक्तजनका लागि खुल्ला

तनहुँ । तनहुँको शुक्लागण्डकी–९ मा रहेको जिल्ला कै प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।
कोरोनाको जोखिमका कारण बन्द रहेको मन्दिर खुल्ला भएसँगै भक्तजनलाई सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर उपस्थित हुन आग्रह गरिएको छ ।
मन्दिरमा पूजा आराधनाका लागि जाने भक्तजनलाई स्वास्थ्यको मापदण्ड पुरा गरे नगरेको परिक्षण गर्न स्थानीय पालिकाले नियमित अनुगमन गर्ने वडा नं. ९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्