तपाईँ सुन्दै हुनुहुन्छः

अनधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साबिक घाँसी कुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित छ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


दसैँ खर्च परिषद् तयारी खर्च भनी अनधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button