तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीमा शाक्यलाई समर्थन छैनः एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी नेतृत्वको सरकारलाई समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । 


आज एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको र शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको निर्णय प्रदेश सभा सचिवालयलाई जानकारी गराइएको एकीकृत समाजवादीका नेता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । 
नेकपा एमालेमा ५६ जना प्रदेश सभा सदस्य रहेकोमा १३ जना नवगठित एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


एमाले नेता शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button