सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को काम कारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सोमबार अपराह्न २ः३० बजे सर्वदलीय बैठक बोलाउनुभएको सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ ।
संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो । छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।








प्रतिक्रिया राख्नुहोस्