तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पीडितलाई राहत वितरण

राहत वितरण गर्दै संस्थाका अध्यक्ष निमा शेर्पा

सोलुखुम्बु । सोलुखुम्बुको बारानेका २३ घर पहिरो पीडितलाई राहत वितरण गरिएको छ । देलेक चिल्डेल्न फाउण्डेन युएसएले सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङ बारानेका पहिरो पीडित परिवारलाई राहत वितरण गरेको हो ।

साउन तथा भदौमा वर्षाका कारण पहिरो पीडित बनेका परिवारलाई एक बोरा चामल, दुई लिटर तेल र पाँच केजी नुनका दरले वितरण गरिएको छ । देलेक चिल्ड्रेन फाउण्डेसनका कोअर्डिनेटर निमा शेर्पाले हस्तान्तरण गर्नुभएको हो ।

त्यस क्षेत्रमा वर्षायाममा पहिरोका कारण कतिपय परिवार घर छोडेर बाहिर बसेका थिए भने कतिपयको घर पहिरोका कारण क्षति भएको छ । राहत पाएपछि पीडितले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button