काँग्रेस महाधिवेशन : व्यास नगर सभापतिमा १० जनाको दाबी

तनहुँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला तथा स्थानीय तहमा अहिले अधिवेशनहरू चलिरहेको छ ।
तनहुँका ८३ वटा वडामा काँग्रेसको वडा अधिवेशन सकिएको छ । दुई वटामा भने बाँकी अधिवेशन गर्न बाँकी रहेको नेपाली कांग्रेस तनहुँले जनाएको छ ।
यस्तै तनहुँका स्थानीय तहमा पनि आगामी असोज ९ गते अधिवेशन हुने भएको छ ।
स्थानीय तहमध्ये जिल्लामा व्यास नगरपालिका ठुलो र धेरैको नजर हुने पालिका भएकाले मिनी जिल्ला अधिवेशनका रुपमा हेरिएको छ ।
नेपाली कांग्रेस व्यास नगरपालिकाको सभापतिका लागि हालसम्म सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्नेको सङ्ख्या १० पुगेको छ ।
ट्रेड युनियन कांग्रेस सभापति सूर्यचन्द्र हड्खले, क्षेत्रीय पदाधिकारी तुलसीराम सापकोटा, व्यास नगर सचिव चुडामणि दाहाल र मोहनकुमार श्रेष्ठ, सह सचिव डम्बर अधिकारीसँगै डा.शेषरमण न्यौपाने, इन्जिनियर हरिदत्त पौडेलले नेतृत्वको दाबी गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्