तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एकीकृत समाजवादी) को जिल्ला संयोजकमा सापकोटा

सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) पार्टीले सिन्धुपाल्चोकमा कमिटी गठन गरेको छ । 


शनिबार स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा सोम सापकोटा नेतृत्वको १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।


समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ भने संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भिरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहनुभएको छ ।  


समितिको सह–संयोजकमा प्रदेश सांसद इन्द्र माया गुरुङ चयन हुनुभएको छ । १५१ मध्ये अन्य सदस्य पछि चयन गरिने सदस्य विनोद खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button