तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप ९ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि

File photo

काठमाडौँ । देशभर  थप ९९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ९ हजार ८४० जनामा एन्टिीजेन र पीसीआर बिधिबाट परीक्षण गर्दा सो सङ्ख्यामा  सङ्क्रमण पुष्टि भएको हो । 

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३ सय ५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् ।

त्यस्तै आज आज  १ हजार ३ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

त्यसैगरी,  २४ घण्टामा कोरोना भाइरसको  सङ्क्रमणका कारण  १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३६ पुगेको छ । 

हाल ४ सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेसन, एक हजार ६ सय ४७ संस्थागत आइसोलेसन र ३१७ जना कोरोना सङ्क्रमित  क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार आज  ६८ हजार  ६ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै  ५७ लाख  ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button