तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादी डडेलधुराको अध्यक्षमा तुलाराम बोहरा

 डडेलधुरा । डडेलधुरामा पनि नेकपा एकिकृत समाजवादी गठन गरिएको छ । 

आज एक भेलाको आयोजना गरी एमालेका तत्कालीन जिल्ला नेता तुलाराम बोहराको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निरा जैरुले जिल्ला कमिटी घोषणा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । 

कमिटीमा जिल्ला उपाध्यक्षमा प्रेम साउद, सचिव सुरेन्द्र विष्ट, उपसचिव कमला साउद रहनुभएको उहाँले जानकारी दिनुभयो  । 

समाजवादीमा डडेलधुरामा नेकपा एमालेबाट निर्वाचित भएका ७९ जना जनपतिनिधी मध्ये अमरगढी नगरपालिका वडा न.५ का वडा अध्यक्ष खेमराज पाठक र भागेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य प्रेम साउद समाजवादी पार्टीमा लाग्नुभएको छ । 

एमालेमा आएको विभाजनपछि तत्कालीन नेकपा एमालेका अध्यक्ष डा. तारा जोशी भने एमालेमै रहने घोषणा गरेपछि समाजवादी पार्टीमा न्यून नेता कार्यकर्ताहरू लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button