तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको सचिव भट्टराईद्वारा स्पष्ट

काठमाडौँ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठामा आज भएको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचिव भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताउनुभएको हो ।

“सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाइन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ,” उहाँले भन्नुभयो, “यही विभागमार्फत पार्टीका जानकारीहरू प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।”

प्रचार विभागको काम आफूले नै हर्ने बताउनुहुँदै उहाँले पार्टीको प्रवक्ता अहिले प्रदीप ज्ञवाली नै रहेको बताउनुभयो । जेठ २ अघि प्रवक्ता पद नभएकाले यसबीचमा फागुन २३ पछि आफूहरू बैठकमा नआएका बेला प्रवक्ता पद सिर्जना भएकाले प्रदीप ज्ञवाली नै सो पदमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

बैठक पुनः ३ः०० बजे बस्ने गरी स्थगित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button