तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

दाङ ।  दाङमा  १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले  पक्राउ गरी  मुद्दा दर्ता गरेको छ ।  

पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका जिल्ला  प्रहरी कार्यालय दाङले जनाएको छ ।

तीजको नाच हेर्न गई फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जङ्गलमा उनीहरूले बलात्कार गरेको प्रहरीले जनाएको छ ।  

बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button