तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक: परिसङ्घ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी बनाउने नीतिसहित चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत भएको गर्नुभएकामा नेपाल उद्योग परिसङ्ले स्वागत गरेको छ । 


प्रतिस्थापन विधेयकका सन्दर्भमा प्रतिक्रिया सार्वजनिक गर्दै परिसङ्ले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि सरकारले अगाडि सारेका नीतिहरू सकारात्मक रहेको जनाएको छ ।


स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घोषणा रहेको भन्दै परिसङ्ले कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराई आवश्यक प्रोत्साहन गर्ने विषय प्रभावकारी रहेको बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button