तपाईँ सुन्दै हुनुहुन्छः

कानुनमा कसैलाई पनि विभेद हुन्नः मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद नहुने बताउनुभएको छ । 


नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना माग पत्र प्रस्तुत गरेको थियो । त्यस क्रममा मुख्यमन्त्री भट्टले राना थारु समुदायका हक अधिकार सुनिश्चित हुने गरी नै कानुन बनाइने बताउनुभयो ।


उहाँले समावेशी समानुपातिक सबै समुदायको सहभागिता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद नहुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button